अस्ट्रेलियन नेत्री जिङ ली नेपालमा - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

अस्ट्रेलियन नेत्री जिङ ली नेपालमा



द्विदेशीय कुटनीतिक सम्बन्ध र नेपालीपर्यटनको सम्भावनाका बारेमा जानकारी लिने र सम्बन्ध विस्तार गर्ने उद्देश्यले साउथ अस्ट्रेलियाबाट लिबरल नेतृ जिंग लीको नेतृत्वमा एक टोली आठ दिने भ्रमणको लागि नेपाल आइपुगेको छ साउथ अस्ट्रेलिया सरकारकी लेजिस्लेटिभ काउन्सिलमा समेत रहेकी जिड लीको नेतृत्वमा १० जनाको टोली आज नेपाल आइपुगेको छ।

भ्रमणमा आएको टोलिलाई एनआरएनए सचिव नविन पन्थले सहयोग गर्दै छन। साउथ अस्ट्रेलियामा हुने विभिन्न नेपाली कार्यक्रमहरुमा सक्रियताका साथ लागि परेकी र नेपाली समुदायकी हितैषी मानिएकी लीले नेपाल भ्रमणका क्रममा आफूले मुख्य गरेर नेपालमा पर्यटकीय सम्भावनाहरु, त्यहाँको कला संस्कृति र परम्पराको बारेमा अध्ययन गर्ने बताइएको छ ।

अस्ट्रेलिया स्थित अबैतनिक बाणिज्यदुत दीपक धमलाले उनीहरुको भ्रमणलाई सकेसम्म दुबै देशको हितका लागि उपयोग गरिने जानकारी दिए । धमलाले उनीहरुले नेपाल बसाईको क्रममा नेपालका मन्त्रीहरु, सम्बन्धित निकायका अधिकारीहरुसँग दोहोरो भेट गर्ने कार्यक्रम राखिएको जानकारी गराए ।नेतृ ली नेपालको पर्यटन क्षेत्रमा अझै केही गर्न सकिन्छ भन्ने विश्वास राख्ने भएकाले उनको भ्रमणमा पर्यटनले विशेष महत्व राख्ने धमलाले बताए । ली सहितको टोलीको भ्रमणले नेपालको पर्यटन प्रबर्द्धन र द्विदेशीय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।