जिल्ला खेलकुद विकास समितिद्वारा स्थानीय तह स्तरीय भलिबल प्रतियोगिता सन्धिखर्कमा सुरु - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

जिल्ला खेलकुद विकास समितिद्वारा स्थानीय तह स्तरीय भलिबल प्रतियोगिता सन्धिखर्कमा सुरु



पुष्पा गैरे /असोज ७  ,सन्धिखर्क

जिल्ला खेलकुद विकास समितिको आयोजनामा स्थानीय तह स्तरीय भलिबल कप प्रतियोगिता आज देखि सन्धिखर्कको टुडिखेलमा सुरु भएको छ।

पहिलो पटक सञ्चालन भएको स्थानीय तह स्तरीय भलिबल प्रतियोगिताको जिल्ला  समन्वय समितिका प्रमुख पिताम्बर भुसालले उद्घाटन गर्दै भलिबललाई राष्ट्र भरिनै मान्यता दिइएकाले राष्ट्र अनि स्वास्थका लागि पनि खेलकुद महत्त्वपूर्ण रहेको बताउनु भयो।

पहिलो पटक भएको पालिका स्तरिय भलिबल प्रतियोगितामा ५  पालिकाको सहभागिता रहेको छ।जसमा  सन्धिखर्क ,भुमिकास्थान ,सितगङ्गा ,मालारानी र पाणिनी गाउपालिकाको सहभागिता रहेकोे छ भने छ्त्रदेब गाउँपालिकाको सहभागिता छैन।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल ,प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल ,विभिन्न राजनैतिक दलका प्रतिनिधि र पत्रकारले भलिबलको सफलताको लागि शुभकामना मन्तव्य दिनुभयो । सोही कार्यक्रममा मलेसियामा भएको क्रिकेट प्रतियोगितामा प्रथम भएको नेपाली टिमका खेलाडी विक्रम भुसाल र दौड तर्फको खेलाडी रोहित अधिकारीलाई सम्मान  पनि गरिएको थियो ।

कार्यक्रम खेलकुद विकास समितिका अध्यक्ष सिद्दिप्रसाद भुसालको अध्यक्ष्यता र शिव बेल्बासेको सञ्चालनमा उद्घाटन सत्र सप्पन्न भएको थियो ।उक्त भलिबल प्रतियोगिता भोलिसम्म सञ्चालन हुनेछ।