बहालवाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठको बिजोग - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

बहालवाला पर्यटनमन्त्री जीवनराम श्रेष्ठको बिजोग



काठमाडौं क्षेत्र नम्बर ८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाइरहेको छ। घण्टी चुनाव चिह्न लिएका विराजभक्त श्रेष्ठले ६०७ मतसहित अग्रता बनाइरहेका छन्।

त्यहाँ लौरो चुनाव चिह्नका सुमन सायमीले ५९१ मत ल्याएका छन्। यो क्षेत्रमा नेकपा एमालेका शिवसुन्दर राजवैद्य ३०५ मतसहित तेस्रो स्थानमा छन्।

अर्कातिर बहालवाला पर्यटनमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार जीवनराम श्रेष्ठ २१३ मतसहित चौथो स्थानमा छन्।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले २०३ मतसहित पाँचौँ स्थानमा रहेका छन्।

पछिल्लो मत परिणाम
विराजभक्त श्रेष्ठ (घण्टी) : ६०७

सुमन सायमी (लौरो) : ५९१
शिव सुन्दर राजबैद्य : ३०५
जीवनराम श्रेष्ठ (कलम) : २१३
प्रकाश रिमाल (हलो) : २०३