झुटो समाचारले हामी सबै पीडित छौँ, समयमै सोंचौ: प्रचण्ड - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

झुटो समाचारले हामी सबै पीडित छौँ, समयमै सोंचौ: प्रचण्ड



काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा निश्चिन्त हुन संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा पत्रकारिताका मूल्यमान्यता र आचारसंहिताको फैसला राज्य, पार्टी र सरकारबाट नभई पत्रकार स्वयम् बाट हुनु पर्ने तर्क गरेका प्रचण्डले पत्रकारले हदैसम्मको विवेक प्रयोग गरेर काम गर्नु पर्ने बताएका हुन्।

‘प्रेसलाई संकुचन गर्ने, नियन्त्रण गर्ने कुनै पनि विधेयक आयो भने त्यो संविधानको मूल मर्म र भावना विपरित हुन्छ,’ अध्यक्ष दाहालले भने, ‘संसदमा पेश गरिएका चालू विधेयकलाई परिमार्जन गर्ने, संशोधन गर्ने र त्यसलाई संविधानको भावना र मर्म अनुसार नै बनाउने कुरामा आफ्नो पार्टी दृढ रहेको विश्वास म संचारकर्मी साथीहरुलाई दिलाउन चाहान्छु ।’

अध्यक्ष दाहालले पूर्ण प्रेस स्वतन्त्रताको अर्थ अराजकता र उदण्डता होईन भन्ने कुरामा बढि ध्यान दिने काम संचारकर्मीहरुले नै गर्नुपर्ने पनि स्पष्ट पारे ।

पत्रकारिता क्षेत्रलाई राज्यले नियन्त्रण र नियमन गर्ने भन्दा पनि पत्रकार स्वयम्ले आफ्ना लागि कस्ता मूल्य र मान्यता आवश्यक पर्छ ? भनेर गम्भिर भएर सोच्नुपर्ने बेला आएको पनि अध्यक्ष दाहालको भनाइ थियो ।

उनले भने , ‘ मैले भारतीय विदेशमन्त्रीलाई आफू पूर्व प्रधानमन्त्री भएको नाताले घरमै या बीचमा कतै भेटम भनेको थिए । त्यो त्यो मिलेन । मैले उहाँलाई भेटिन ।  तर मिडियामा मैले बालुवाटारमा खुसुक्क भेटेको भन्दै समाचार आए । झुट समाचारबाट हामी कति पीडित हुन्छौँ भन्ने पनि सोच्नु पर्छ।’