१२ वर्षका बालकले घरको दलिनमा झुण्डिएर आत्महत्या गरे - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

१२ वर्षका बालकले घरको दलिनमा झुण्डिएर आत्महत्या गरे



भक्तपुर– भक्तपुरको सूर्यविनायकमा १२ वर्षका बालकले आत्महत्या गरेका छन् ।

सूर्यविनायक नगरपालिका- ७ गुण्डुका राजु खतिवडाका १२ वर्षीय छोरा सन्देशले आफ्नै घरको दलिनमा झुण्डिएर बुधबार आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार सन्देशले टाइको पासोमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

झुण्डिएको अवस्थामा फेला पारेर परिवारले उनलाई ठिमीस्थित मध्यपुर अस्पताल लगेका थिए । अस्पतालले तत्काल उनलाई मृत घोषणा गरेका थिए ।