रुखमा झुण्डिएको अवस्थामा एक किशोरीको शव फेला - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

रुखमा झुण्डिएको अवस्थामा एक किशोरीको शव फेला



बैतडी— मेलौली नगरपालिका ७ मा झुण्डिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । मेलौली ७ बनालीकी १९ वर्षीया सावित्री चन्दको शव घर नजिकै रुखमा झुण्डिएको अवस्थामा बुधबार साझँ फेला परेको प्रहरीले जनाएको छ ।

मणिलेक माध्यमिक विद्यालय मेलौलीमा १२ कक्षा अध्ययनरत ती छात्राको मृत्युको कारण खुल्न सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक किशोरीको कोठामा भेटिएको सामानका आधारमा मेलौली–१ का प्रशान्त क्षेत्रीलाई पक्राउ गरिएको छ । किशोरीको कोठामा प्रशान्तको पर्स फेला परेको आधारमा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले बताएको छ ।