'आई सम्झाई देउ' भन्छन स्वरुप राज (भिडियो सहित) - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

'आई सम्झाई देउ' भन्छन स्वरुप राज (भिडियो सहित)



नेपाली गीत संगीतका पारखिहरुका लागि चर्चित गायक स्वरुप राज आचार्य को सुमधुर स्वरमा रहेको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । ‘अाई सम्झाइदेउ ’ बोलको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

भिडियोमा झरना र जयको जोडदार अभिनय देख्न पाइन्छ । राजेन्द्र सलभको निकै उत्कृष्ट मन छुने शब्द रहेको उक्त गीतमा संगीत राजिव शाहिको रहेको छ ।जिवन शाहिको निर्देशन रहेको उक्त भिडियो को सम्पादन अर्जुन पोख्रेल ले गरेका छन् ।

जीवनमा प्रेम को आबस्यक र प्रेम भए पछि यो मुटुलाई तिमीले नै सम्झाउनु पर्छ तिमी बिना मलाई बाच्न गारो छ भन्ने कथा बस्तुलाई जय र झरनाको को माध्यम बाट भिडियोमा उतार्न सफल भएका छन् निर्देशक शाहि ।उक्त भिडियोलाई PNP मिडिया हाउसले बजारमा ल्याएको हो ।