रामकुमारी झाँक्रीले अवस्था चिन्ताजनक
गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीको अवस्था चिन्ताजनक देखिएको छ ।
झाँक्रीलाई भारी मतले पछि पार्दै एमालेका गाेकर्ण विष्टले अग्रता कायम राखेका छन् ।
अहिलेसममा विष्टले ७ हजार ७ सय ५६ मत पाएका छन् ।
नेकपा एकीकृत समाजवादीकी झाँक्रीकाे खातामा ५ हजार ५ सय ९१ मत पाएकी छन् ।
यहाँ झाँक्री र विष्टकाे कडा प्रतिस्पर्धा हुने अनुमान गरिएकाे थियाे । तर विष्टले भारी मतले लिड गरिरहेका छन् ।
यससँगै झाँक्रीलाई चुनाव जित्न अब चुनौती देखिएको बताइएको छ ।
गोकर्णले लगातार लीड गरिरहँदा झाँक्रीलाई आउने ठाउँबाट समेत काम भोट परेको देखिएको छ