भारतले कब्जा गरेको स्थानमा अनेरास्ववियुले झण्डा फहराउँदा झडप - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

भारतले कब्जा गरेको स्थानमा अनेरास्ववियुले झण्डा फहराउँदा झडप



काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भारतसँग सीमा जोडिएको स्थानमा नेपाली झण्डा फहराएका छन् ।

इलामको सन्दकुपुरमा अनेरास्ववियुको अगुवाईमा झण्डा फ़हराइएको हो ।

झण्डा फहराउने क्रममा भारतीय सुरक्षा बलसँग सामान्य झडप भएको समेत बताइएको छ । शनिबार नेपाली विद्यार्थी र एसएसबीबीच ढुंगा हानाहान भएको समेत बताइएको छ।

नेपाली भूमिमा भारतले कब्जा जमाएको भन्दै उनीहरूले जमिन फिर्ता गर भन्दै नारा समेत लगाएका थिए । नेपाली विद्यार्थीहरुको समुहलाई एसएसबीका जवानले नियन्त्रण गर्न खोजेपछि सामान्य झडप भएको बताइएको छ ।

एसएसबीले सन्दकपुरको भ्यु–पोइन्ट प्रवेश गर्न नदिएपछि झडप भएको बताइएको छ ।