झनै रोचक बन्दै उपसभापतिको मतगणना - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

झनै रोचक बन्दै उपसभापतिको मतगणना



नेपाली कांग्रेसको उपसभापतिमा चार उम्मेदवारबीचको मतगणना झनै रोचक बन्दै गएको छ । उनीहरू चार जनाको तीव्र प्रतिस्पर्धा देखिएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३५ सय मत गणना गर्दा पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, धनराज गुरुङ र चन्द्र भण्डारीबीच प्रतिस्पर्धा देखिएको छ।

अहिलेसम्म खड्काले १६३४, गच्छदारले १४४३, गुरूङले १४३७ र भण्डारीले १२५८ मत पाएका छन्। अन्य तीन उम्मेदवार भने निकै पछाडि छन्।

निर्वाचन समितिका अनुसार उपसभापतिमा सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त गरेका छन्।

कांग्रेसका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मतदान गरेका थिए।

सभापतिको मत गणना कांग्रेस केन्द्रीय कार्यालयमा सानेपामा भइरहेको छ। सभापतिको मत गणना भने राष्ट्रिय सभागृहमा भएको थियो।

कांग्रेस उपभासपतिमा सात जना उम्मेदवार छन्। पहिलो र दोस्रो हुने उपसभापतिमा निर्वाचित हुनेछ।