परदेशीको पिडा समेटिएको गीत 'झम्के साँझ'(भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

परदेशीको पिडा समेटिएको गीत ‘झम्के साँझ'(भिडियो सहित)



प्रदेशमै रहेर गीत सङ्गीतमा लागि परेका  सर्जक दीपक कंडेल र रामु जिसि कमलको शब्दमा नयाँ गीत हजारौँ नेपालीको कथा व्यथामा रहेको गीत ‘झम्के साँझ’ सार्वजनिक भएको छ  ।

हिरा मोतिबाट आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका दीपक कंडेल हाल जापानमा छन् । कंडेलको निर्देशनमा पछिल्लो गीत झम्के साँझ  बजारमा आएको हो   । गीतको सम्पुण भिडियो जापानमा बनाइएको छ   ।

गीतमा सोना के सी र गगन कंडेलले अभिनय गरेका छन् । सो गीतमा सचिन चन्द र टिका पुनको आवाज रहेको छ भने सम्पादन गोविन्द बिस्टले गरेका छन्  । छांयाकन सङ्गम प्रकाश कंडेलले गरेका छन् ।