झलनाथको गुनासो: गठबन्धनबाट हामीले सम्मान पाएनौँ - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

झलनाथको गुनासो: गठबन्धनबाट हामीले सम्मान पाएनौँ



काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्यांकन र सम्मान गर्न नसकेको बताएका छन्।

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नंवर १५ का समाजवादी उम्मेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले ठीक ढंगले मूल्यांकन र सम्मान नगरेका कारण पार्टीलाई धेरै फाइदा नभएको बताए।

उनले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो बिजयी हासिल गरेको दाबी गरे। १५ वडामा पनि तालमेल गर्दा सबै पद गुमाउनुपर्ने भएपछि एक्लै चुनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनको भनाइ थियो।

खनालले विद्रोहबाट गठन गरेको पार्टी आठ महीनाभित्रै राष्ट्रब्यापि बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोसा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउदै लैजानुपर्ने धारणा राखे।