राष्ट्रपति बन्ने सहमतिबारे झलनाथले मुख खोले - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

राष्ट्रपति बन्ने सहमतिबारे झलनाथले मुख खोले



गुल्मी- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक भएको बताएका छन्।

समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालमा वामपन्थी एकता आवश्यक भए पनि वामपन्थी राजनीतिक नेतृत्वले महसुश गर्नुपर्ने भन्दै तत्काल त्यो सम्भव नभएको उनले बताए।

अहिले निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले कुनै दलहरूसँग एकीकरणको सम्भावना नभएको भन्दै माओवादी केन्द्रसँग निकटता भएको बताए। संविधानको रक्षा गर्नका लागि पाँच दलीय गठबन्धन आवश्यक भएको बताए।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर जनताले वामपन्थीहरूलाई झण्डै दुई तिहाइको मत दिएको भएपनि नेतृत्वले सही नभएकाले समस्या आएको बताए।

उनले भने, ‘नेतृत्वको दम्भ र अहंकारले गर्दा अहिलेको अवस्था आएको छ। गठबन्धनले संविधानको रक्षा गरेको छ।’

तपाईंलाई राष्ट्रपति बनाउने गठबन्धनमा सहमति भइसक्यो भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘अहिले पदभन्दा पनि पार्टीको निर्णय र आवश्यकताको आधारमा हुन्छ। पहिले निर्वाचनलाई सफल बनाउनुपर्छ। पदका कुरा पछाडि हो।’

उनले प्रदेश र संघको निर्वाचनको लागि गठबन्धनमा सिट बाँडफाँटको विषयलाई लिएर समस्या नभएको बताए। सिट मिलानका लागि कार्यदलले काम गरिहेको भन्दै कार्यदलको छलफल पश्चात शीर्ष नेतृत्वबाट मापदण्डको आधारमा हुने प्रष्ट पारे।

उनले नागरिकता विधेयकमा राष्ट्रिय सहमति आवश्यक भएको बताए। राष्ट्रपतिले फिर्ता गरेको विधेयक प्रतिनिधिसभाले फेरि जस्ताको तस्तै पास गरिसकेको अवस्थामा उनले राष्ट्रिय सहमतिको प्रसङ्गलाई कोट्याए।

राष्ट्रियताको सन्र्दभमा सबै दलहरु एकताबद्ध नभएकोमा दुःख व्यक्त गरे। राष्ट्रिय सहमति हुन नसकेपछि अल्पमत र बहुमतको प्रक्रियामा जानु परेको उनको भनाइ छ।