आठ दलीय गठबन्धन पनि टुट्ने झलनाथको संकेत - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

आठ दलीय गठबन्धन पनि टुट्ने झलनाथको संकेत



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका नेता एवं पूर्व प्रधामनमन्त्री झलनाथ खनालले अहिलेको राजनीतिक समीकरण स्थायी नभएको संकेत गरेका छन्।

बुधबार मोरङको उर्लाबारीमा भएको पार्टीको कार्यक्रममा सम्बोधन गर्दै निर्वाचनपछि नै धेरै समीकरण बनेको भन्दै उनले आगामी दिनमा यस्ता गठबन्धनहरु धेरै बन्ने टिप्पणी गरेका हुन्।

नेता खनालले भने, ‘मंसिर ४ गते निर्वाचन भयो। जम्मा तीन महिना भइराखेको छ। तीन महिनामा तपाईंहरुले देखिसक्नु भयो। तीनवटा समीकरण भए। पाँच वर्षको समय बाँकी छ। धेरै गठबन्धन हेर्न बाँकी छ। पख्नुहोस्।’

नेकपा एससमेत गठबन्धनमा रहेकोबारे नेता खनालले पार्टीकाबारेमा के गर्ने भन्ने बारेमा सोच्ने बताए। उनले पार्टीका आन्तरिक कुरामा के गर्ने/नगर्ने भन्नेबारे निर्णय लिने बताउँदै गठबन्धनका धेरै श्रृंखला हेर्न बाँकी रहेको दाबी गरे।