झलनाथ खनालले पनि गरे सनाखत - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

झलनाथ खनालले पनि गरे सनाखत



काठमाडौं- पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतीय दूतावासमार्फत सनाखत गराएका छन् । नेकपा (एकीकृत समाजवादी)को पक्षमा भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट उनले सनाखत गरेका हुन्।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगले आज सनाखत गरिरहेको छ। उपचारका क्रममा नयाँदिल्लीमा रहेका खनालले नेपाली राजदूतावास पुगेर सनाखत गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बताए।

निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले भने, “जेएन कमरेडले दिल्लीस्थित दूतावासबाट सनाखत गर्नुभएको छ।” एकीकृत समाजवादीको केन्द्रीय सदस्यको सूचीमा खनालको नाम पनि छ। उनी उपचारका लागि एक महीनादेखि नयाँदिल्लीमा छन्।

२ भदौमा निवेदन दिएका ५८ जना केन्द्रीय सदस्यको आज आयोगले सनाखत गरिरहेको छ। नेपाल सहित नेताहरू निर्वाचन आयोगमा सनाखत गरिरहेका छन्।