झलनाथ र नारायणकाजी एकसाथ चिन जानुको रहस्य ? - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

झलनाथ र नारायणकाजी एकसाथ चिन जानुको रहस्य ?



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका सचिवालयका दुई सदस्य वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन्।

दुवै नेता चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा कार्ल मार्क्सको जन्म द्वीशतवार्षिकीको अवसरमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन चीन गएका हुन्। दुवै नेता ‘चाइना साउथर्न एयरलाइन्स’को विमानबाट चीन प्रस्थान गरेका हुन्। श्रेष्ठ र खनाल दुवै सो कार्यक्रमका वक्ता पनि हुन्।

श्रेष्ठ जेठ १५ मा फर्किने कार्यक्रम रहेको जानकारी दिइएको छ । खनालको भने फर्कने कार्यक्रम निश्चित भइनसकेको बताइएको छ । खनाल चीन छँदा केही दिन उपचारमा पनि बिताउने पनि जनाइएको छ ।