झलनाथ खनालको क्षेत्रमा तनाव - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

झलनाथ खनालको क्षेत्रमा तनाव



इलाम : पुर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको बाकसमा खसेको छ।

करिब सय मतपत्र त्यस्तो पाइएको मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालले बताए।

‘करिब १ सय प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि सर्वदलीय निर्णयबाट प्रतिनिधिसभाकै मान्यता दिने सहमति भएको छ,’ दाहालले भने।

निर्वाचन आयोगबाट निर्णय नआउँदा त्यहाँ मतगणनामा ढिलाइ भएको छ। ११ बजेबाट मतगणना सुरू हुने बताइएको छ।​ सर्वदलीय बैठकमा सहमति भए पनि आयोगबाट केही निर्णय आएको छैन्।