झलनाथले भने : ओली भन्दा म सिनियर हो, अन्याय भयो - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

झलनाथले भने : ओली भन्दा म सिनियर हो, अन्याय भयो



काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले एकतापछि वरियातामा आफूलाई अन्याय गरिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

प्राइम टाइम्स टेलिभिजनमा कुरा गर्दै खनालले वरियतामा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालपछि आफ्नो स्थान हुनुपर्ने दावी गरेका हुन् ।

पार्टीभित्रको इतिहासअनुसार ओलीभन्दा पनि आफू सिनियर भएकोसमेत खनालको दावी थियो ।

सोमबार सम्पन्न जिल्ला तहको एकता घोषणाप्रति पार्टीभित्रै धेरै असन्तुष्टी नरहेको पनि खनालले बताएका छन् । कार्यक्रमको बिचमै उठेर हिँडेका अर्का नेता माधवकुमार नेपाल पनि सन्तुष्ट नै रहेको खनालले बताए ।

बाहिर चर्चा भएजस्तो नेपालको असन्तुष्टी नरहेको खनालको जिकिरि थियो । फरक प्रसंगमा खनालले ओली पछि अर्का अध्यक्ष दाहाल प्रधानमन्त्री बन्न सक्ने संकेत पनि गरेका छन् ।