गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच कडा टक्कर
काठमाण्डौ- गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले सुरुवाती अग्रता लिएका छन् ।
पछिल्लो अपडेट अनुसार १४ सय २५ मतगणना हुँदा एमालेका विष्टले ६ सय ७२ मत पाएका छन् ।
एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीभन्दा विष्ट ७० मतले अगाडि छन् ।
एकीकृत समाजवादीकी झाँक्रीले ६ सय २ मत पाएका छन् ।