गुमनाम भएपनि बदनाम हुँदैनौं: रामकुमारी झाँक्री - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

गुमनाम भएपनि बदनाम हुँदैनौं: रामकुमारी झाँक्री



काठमाडौं-सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुमनाम भएपनि आफूहरू बदनाम नहुने बताएकी छन् । उनले आफूहरूले बदनाम हुनेगरी कुनैपनि निर्णय नगर्ने बताइन् ।

तनहुँमा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाक्रीले हरेक नागरिकलाई मेरो राज्य भन्ने अनुभूति गराउनुपर्ने बताइन्। न्यायोचित वितरणको प्रणालीलाई अंगाल्न नसक्दा केपी ओली नेतृत्वको सरकार ढलेको उनले स्मरण गरेकी थिइन् ।

शुक्रबार मात्रै शपथ ग्रहण गरेकी उनले भनिन्, ‘हरेक नागरिकलाई मेरो राज्य, मेरो सरकार भन्ने प्रत्याभूति गराउने कर्तव्य राजनीतिको हो। त्यसमा हामी दत्तचित्त भएर लाग्छौं।’

यसअगाडिको दुई तिहाइको सरकारले वितरण प्रणालीमा न्यायोचित वितरण नगरी अन्यायपूर्ण व्यवहार गरेकाले विद्रोह गरेर नयाँ पार्टी खोलेको मन्त्री झाँक्रीले स्पष्ट पारिन्।

अनुभवका हिसाबले आफू नयाँ भए पनि अन्धाधुन्ध काम नगर्ने उनको जिकिर छ। उनले भनिन्, ‘राजनीतिले कसरी गति लिन्छ, कहाँबाट प्रवेश गरेर कहाँबाट निस्कन सकिन्छ भन्ने कुरा हामीलाई थाहा छ। हामीले केही न केही गरेर जानेछौं।’ उनले सरकारमै रहे पनि भ्रष्टचार, कुशासन, गैरजिम्मेवारपन र तानाशाही प्रवृत्तिविरुद्ध लड्ने दाबी गरिन्।