झाँक्रीको भर पर्दा ज्यान गयो - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

झाँक्रीको भर पर्दा ज्यान गयो



सप्तरी, २८ साउन । 

 

विषालु सर्पले टोकेपछि समयमै अस्पताल पुर्याइ चिकित्सकीय पद्धतिबाट उपचार गराउनुको सट्टा धामी झाँक्रीको चक्करमा पर्दा एक वृद्धको ज्यान गएको छ ।

सप्तरीको हनुमाननगर कङ्कालनीमाइै नगारपालिका-५ वस्ने ७८ वर्षीय दुःखइ साहको झाँक्रीको चक्करमा पर्दा ज्यान गएको हो । घरमा सुतिरहेको बेला मंगलबार राति साहलाई विषलु र्पिले टोकेको थियो ।

उहाँलाई आफन्तले मोटरसाइकलमा राखी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पनि पुर्याए तर अस्पताल भर्ना गरिसके पछि पनि धामी झाँक्रीमाथि बढी विश्वास गरेका आफन्तले गाउँबाट एक झाँक्रीलाई पनि झिकाएर झारफुक गर्न लगाए ।

खबर आजको गोरखापत्र राष्ट्रिय दैनिकमा छ ।