राजीनामा दिनुअघि प्रधानन्यायाधीशकहाँ किन पुगिन् झाँक्री ? - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

राजीनामा दिनुअघि प्रधानन्यायाधीशकहाँ किन पुगिन् झाँक्री ?



काठमाडौं- मन्त्री पदबाट राजीनामा दिने तयारी गरेकी शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसँग भेट गरेकी छिन्।

कार्कीलाई भेट्न झाँक्री सर्वोच्च पुगेकी थिइन्।दुईबीच भेट भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

‘मन्त्रीज्यूले आयोजना र विकास निर्माणसँग सम्बन्धित विचाराधीन मुद्दालाई छिटो टुंगो लगाइदिन आग्रह गर्नुभएको थियो’, पौडेलले भेटबारे जानकारी दिँदै भने।

कार्कीले भने आफूले सम्भव भएसम्म सहयोग गर्ने, छिटो टुंगो लगाउन सकिने रहेछ भने मुद्दा फाँटबाट प्राथमिकता दिएर अगाडि बढाउने बताएका थिए।

दुईबीच २० मिनेटजति कुरा भएको पौडेलले बताए। कार्कीलाई भेट्न झाँक्री मन्त्रालयका कर्मचारीसहित पुगेकी थिइन्। भेटमा सर्वोच्चका रजिस्टारदेखि मुद्दा फाँटका कर्मचारी लगायत सहभागी थिए।