नेपाल आइडलबाट बाहिरिएका झक्कड थापालाई एम.जी.एमका नेपालीले गरे आर्थिक सहयोग। - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपाल आइडलबाट बाहिरिएका झक्कड थापालाई एम.जी.एमका नेपालीले गरे आर्थिक सहयोग।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

नेपाल आइडलको प्रथम सिजनबाट एकदमै भाईरल भएका दैलेख निवासी झक्कड थापा दोस्रो सिजनमा पनि त्यसरी नै भाईरल हुन पुगे।बिशेषत गलामा भन्दा पनि कलामा सक्षम देखिएका झक्कडलाई करोडौँ नेपाली जनताले मन पराए।

आर्थिक अवस्था कम्जोर भएका झक्कडको परिवारसँग युट्युवरहरूले लिएको अन्तरवार्तालाई नै फ्लोअप गर्दै झक्कडको दयनीय अवस्थालाई मध्यनजर राख्दै एम.जी.एम मकाउमा कार्यरत रहेका नेपालीहरूले दशैको मुखैमा नेरू २६ हजार सहयोग गरेका छन्।

एम.जी.एममा कार्यरत रहेका राम बहादुर केसीको पहलमा जम्मा गरिएको रकम एम.जी.एममै कार्यरत रहेका हरि गुरूङ्का श्रीमती पूजा गुरूङ मार्फत झक्कडलाई हस्तान्तरण गरिएको थियो।झक्कड थापा भद्रगोल टेली सिरियलमा समेत अभिनय गरेका छन् भने यिनको आफ्नै स्वरमा गीत समेत रेकर्ड भएर युट्युबमा आई सकेको छ।एम.जी.एममा कार्यरत रहेका नेपालीहरूले विगत देखि नै नेपालीहरूलाई सहयोग गर्दै आई रहेका छन्।