जिफन्टले कतारमा सांस्कृतिक कार्यक्रम गर्ने  - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

जिफन्टले कतारमा सांस्कृतिक कार्यक्रम गर्ने 



ओम प्रकाश बानियाँ/दोहा, कतार

नेपाली प्रवासी श्रमिक सङ्घ जिफन्टको आयोजनामा आउदो ५ जनवरी २०१८ मा बृहत् सास्कृतिक धमाका हुने भएको छ ।

सनैया स्थित दल्ला ड्राईभिङ एकेडेमीको हलमा सञ्चालन हुने उक्त सास्कृतिक कार्यक्रममा नेपाल बाट लोक तथा आधुनिक गायिका तारा श्रीस मगर, गायक तथा मोडल पुस्कल शर्मा, मोडल तथा डान्सर चन्दा दाहाल, लोक दोहोरी गायिका विष्णु श्रीपाली, लोक दोहोरी गायिका देवीका केसी  तथा कतारलाई  आफ्नो कर्म भूमि बनाई कलाकारितामा लाग्नु भएका विभिन्न गायक, गायिका हरुको प्रस्तुति रहनेछ ।

जिफन्टका  कार्यवाहक अध्यक्ष वसन्त विकले भने यो कार्यक्रम कुनै मुनाफा कमाउनको लागि गरिन लागेको होइन पीडित श्रमिकहरूको सहयोगार्थ आयोजना गरिन लागेको हो । यो कार्यक्रमलाई भव्य र सफल बनाउनको लागि कतार बासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

बिकले थपे मैले श्रमिकको हक हितको लागि २०१३ देखि लड्दै आएको छु र आगामी दिनमा पनि लडीरहने छु । उनले सबैलाई अनुरोध गर्दै भने यो सास्कृतिक कार्यक्रम सबैको साझा भएकोले कतारमा रहनु हुने सम्पूर्ण राजनीतिक दलका भातृ सङ्गठन, जातीय भातृ सङ्गठनहरू लगायत विभिन्न सङ्घ सस्थालाई सहयोग गरिदिन आग्रह समेत गरे ।

यस सास्कृतिक कार्यक्रमलाई नेपाली प्रवासी मन्च कतार, जन सगीत मन्च कतार, अमर ज्योति युवा सङ्घ कतार, गुल्मी सेवा समाज कतारले समन्वयको भूमिका निर्वाहा गर्ने छन् ।