विश्वविजेता जर्मनीले हार्यो - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

विश्वविजेता जर्मनीले हार्यो



फेरि पनि उपाधि दाबेदारको रुपमा हेरिएको विश्व विजेता जर्मनी पराजित भएको छ । रुसमा विश्वकप फुटबल २०१८ सुरु हुन ११ दिन मात्रै बाँकी छ ।

त्यही विश्वकपको पूर्व तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी अस्ट्रियासँग पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा अस्ट्रियाले जर्मनीलाई २–१ ले हराएको हो ।

क्लागनफर्टमा वर्षाका कारण ढिला गरी सुरु भएको खेलमा सुरुवाति अग्रता भने जर्मनीले लिएको थियो । ११ औँ मिनेटमा मेसुट ओजिलको गोलबाट जर्मनीले पहिलो हाफमा १–० को अग्रता लियो ।

तर दोस्रो हाफमा अस्ट्रियाले गोल गर्‍यो । उसका लागि ५३ औँ मिनेटमा मार्टिन हिन्टरेगरले बराबरी गोल फर्काए । ६९ औँ मिनेटमा एलेसान्ड्रो शफले गोल गर्दै अस्ट्रियालाई २–१ को जित दिलाए । अस्ट्रियाले १० औँ खेलमा जर्मनीमाथि पहिलो पटक जित दर्ता गरेको हो ।

यो खेललाई जर्मनीका गोलरक्षक म्यानुएल नुएरको कमब्याकको रुपमा पनि हेरिएको थियो । गएको सेप्टेम्बरमा खुट्टा भाँच्चिएपछि मैदान बाहिर रहेका नुएर यहि खेलबाट खेलमा फर्किए ।

विश्वकपका लागि चार पर्षअघिको विजेता जर्मनी समूह एफ मा छ । यो समूहमा मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । जर्मनीले जुन १५ मा मेक्सिकोसँग खेलेर विश्वकप यात्राको सुरुवात गर्नेछ ।