दुर्घटनमा परे युक्रेनका राष्ट्रपति जेलेन्स्की - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

दुर्घटनमा परे युक्रेनका राष्ट्रपति जेलेन्स्की



काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की कार दुर्घटनमा परेका छन्। तर उनी सकुशल रहेको उनका प्रवक्ताले जनाएका छन्।

राजाधानी कीभमा एउटा निजी कारसँग जेलेन्स्की सवार कार ठोकिएको उनका प्रवक्तालाई उदृत गर्दै गार्डियन पत्रिकाले बातएको छ।

बिहीबार बिहान फेसबुकमा प्रवक्ताले दुर्घटना सम्बन्धी जानकारी दिएको तर, दुर्घटना भने कहिले भएको भन्ने सूचना चाहिँ नबताएको गार्डियनले उल्लेख गरेको छ।

दुर्घटनापछि स्वास्थ्य परीक्षण गर्दा कुनै चोट नदेखिएको र उक्त घटना सम्बन्धी अनुसन्धान भइरहेको पनि प्रवक्ताको हवला दिँदै गर्डियनले जनाएको छ।