जिप दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको मृत्यु - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

जिप दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको मृत्यु



डोटी । शनिबार डोटी शिखर नगरपालिका–३ मा भएको जिप दुर्घटनामा घाइते भएकामध्ये थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरागाउँकी ३५ बर्षिया झाकरी भुल र सोही ठाउँकी २८ बर्षिया धौली भुल रहेको जिल्ला प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ  ।

धौलीको सेती अञ्चल अस्पतालमा र झाकरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

डोटीको कालागाढबाट मुडभरातर्फ जाँदै गरेको ग. १ ज ५२७५ नम्बरको जिप शिखरनगरपालीको ३ छाईपानीमा शनिबार दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । योसँगै दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । फाइल तस्बिर :