बैतडीमा जिप दुर्घटना- एकैघरका दाजुभाइसहित तीनको मृत्यु - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

बैतडीमा जिप दुर्घटना- एकैघरका दाजुभाइसहित तीनको मृत्यु



काठमाडौं -आइतबार बैतडीमा जिप दुर्घटना हुँदा सहोदर दाजुभाइसहित एकै गाउँका तीनजनाको मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका–१० बाराकोटबाट नागार्जुनतर्फ गइरहेको ग१ज ४९२१ नम्बरको जिप बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको हो ।

देवताल मन्दिर दर्शनका लागि हिँडेका दशरथचन्द नगरपालिका–१० बाराकोटका ६० वर्षीय हीरावल्ल भट्ट, उनका ५३ वर्षीय भाइ लालमणि भट्ट र सोही ठाउँका नारुली भट्टको मृत्यु भएको हो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

घाइतेमध्ये दशरथचन्द नगरपालिका–१० का प्रकाश भट्टको अवस्था गम्भीर छ । स्थानीय स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि उनलाई जिल्ला अस्पताल बैतडीमा थप उपचारका लागि लगिएको छ ।

जिप चालक नवीन भट्ट र कञ्चनपुरका राहुल भट्ट घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । एकै गाउँका तीनजनाको मृत्यु भएपछि बाराकोट गाउँ शोकमा डुबेको दानेश्वर माविका शिक्षक हरिश भट्टले बताए ।

फाइल तस्बिर