कर्णाली नदीमा जीप दुर्घटना अपडेट: गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधि सवार थिए - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कर्णाली नदीमा जीप दुर्घटना अपडेट: गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधि सवार थिए



काठमाडौं – हुम्लामा दुर्घटना भएर कर्णाली नदीमा खसेको जीपमा गाउँपालिका उपाध्यक्षसहित जनप्रतिनिधि सवार रहेको जनाइएको छ ।

खार्पुनाथ गाउँपालिकाको बैठक बस्न उपाध्यक्ष सिन्धु हमाल शाहीसहित स्थानीय जनप्रतिनिधि जीपबाट गाउँपालिका केन्द्रतिर आइरहेका थिए ।

जीप दुर्घटनामा ८ जना यात्रु बेपत्ता भएका हुनसक्ने अनुमान गरिएको छ । नदीमा खसेको जीप बेपत्ता भएकाले विस्तृत विवरण आउन सकेको छैन ।

बेपत्ता यात्रुको खोज–उद्धारमा आएको नेपाली सेनाको टोलीमा नदीमा खोजतलास गरेपनि सफल हुन नसकेको जनाइएको छ । सेनाले खोज–उद्धार गर्न नसक्ने भएपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत गोताखोर ल्याउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर शाहीले  बताए ।

जिल्लाको खार्पुनाथा गाउँपालिका–५ बाट याक्चु कुना जाँदै गरेको लु१ज ७१६६ नम्बरको महेन्द्रा पीकअप जीप बेणुबिसौना र कैलेबालु क्षेत्रमा कर्णाली नदीमा खसेको थियो । जीप नदीमा खसेको केही समयपछि पूरै छोपिएकाले खोज–उद्धारमा कठिनाइ भइरहेको घटनास्थलमा रहेका पत्रकार राजन रावतले बताए ।