जीप दुर्घटनामा पूर्व सासंदकाे मृत्यु ,८ जना घाईते

शिवलाल सुवेदी ,गुल्मी
जिल्लाको मुसिकोट नगरपालिकामा भएको सवारी दुर्घटनामा परि पूर्व सासंदकाे मृत्यु भएको छ । मुसिकोट नगरपालिका १ पाैदीअमराईमा लु१ ज १९५७ नम्बरको जिप दुर्घटनामा धुर्काेट गाउँपालिका ५ निवासी पूर्व सांसद रुद्रमणि भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परि मालिका गाउँपालिका १ का राेशर विकको पनि मृत्यु भएको छ । बिहीबार बिहान मालिका गाउपालिकावाट उक्त जिप बुटवलका लागि छुछेकाे प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । जिप सडकवाट १ सय मिटरभन्दा तल खसेको छ ।फाईल तस्वीर

