बझाङमा जीप दुर्घटना ,एक जनाको मृत्यु - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

बझाङमा जीप दुर्घटना ,एक जनाको मृत्यु



बझाङ – बझाङको थलारा गाँउपालिकामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

थलारा गाउँपालिका– ५ गौमती खोलामा बिहीबार बिहान से१ज १००७ नम्बरको जीप दुर्घटना हुँदा सोहि गाँउपालिका– ६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटना स्थालमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

जीप विवाहको सामान पुर्‍याएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि चालक फरार छन् । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।