बझाङमा जिप दुर्घटना - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बझाङमा जिप दुर्घटना



बझाङ– बझाङको बुङ्गल नगरपालिका ९ देउलिकोटको निमिलीमा जिप दुर्घटना भएको छ । बुधबार बिजगडा बाट देउलीकोट स्वास्थ्य चौकीेतर्फ जाँदै गरेको से १ ज ५९९ जीप दुर्घटना भएको हो ।

ब्रेक फेल भएर जिप दुर्घटना हुँदा जिप धनी कर्णबहादुर धामी, जिप चालक लक्ष्मण धामी, देउलीकोटका स्वास्थ्य चौकी अहेब नरेन्द्र बोहरा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिप दुर्घटना भएर सडकबाट १ सय ५० मिटर तल खसेको थियो । घाईतेहरुलाई उपचारका लागि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा रिफर गरेको छ ।