नेपाल जेसिसको अध्यक्षमा अधिकारी विजयी - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

नेपाल जेसिसको अध्यक्षमा अधिकारी विजयी



काठमाडौ, २९ मंसिर
नेपाल जेसिजको बर्ष २०१७ को राष्ट्रिय अध्यक्ष पदमा दमक जेसिजका प्रकाश अधिकारी बिजयी भएका छन। अधिकारीले आफ्ना प्रतिद्वन्दी बिस्णु बराललाई ३५ मतले पराजित गरेका हुन।

मंगलबार मध्यरातसम्म धापासीमा निर्वाचन भएको थियो भने बुधबार बिहानबाट मात्र मतगणना सुरु भएको थियो। मतगणना भैरहँदा दुबै पक्षको निकै रोमाञ्चक प्रतिस्पर्धा भैरहेको थियो। प्रकाश अधिकारी यश अघि नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष हुन। उनको जीतले जेसिजमा फरक मत राख्नेहरु, र जेसिजलाई सिर्जनशिल बनाउनु पर्छ भन्नेहरुमा नयाँ आशा पलाएको छ।

नेपाल जेसिजको महाधिवेशन मंसिर २५ बाट २८ गतेसम्म काठमाडौको टोखामा चलेको थियो। कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका सभापती सेर बहादुर देउवाले गरेका थिए।