जेसिजको महाधिवेसनमा के हुँदै छ ? - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

जेसिजको महाधिवेसनमा के हुँदै छ ?



काठमाण्डौ, २६ मँसिर

नेपाल जेसिजको ४३औँ राष्ट्रिय महाधिवेसन हिजोबाट काठमाण्डौको टोखामा सुरु भएको छ। कार्यक्रमलाई भब्य समारोहका बिच नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले उद्घाटन गरे। मंसिर २५ देखी २८ सम्म चल्ने महाधिवेसनमा नेपाल भरिका जेसिज प्रतिनिधिहरु को बाक्लो उपस्ठिती छ।

५२ बर्ष अगाडि डा भेष बहादुर थापाले नेपालमा जेसिजको सुरुवात गरेका थिए। अहिले नेपालभरी १४० भन्दा बढी जेसिजका साखा छन। युवाको सबलीकरण र सशक्तीकरणका लागि जेसिजले भिबिन्न कार्यक्रम गर्दै आएको छ। १८ देखी ४० बर्ष सम्मका युबा युबतीहरु मात्र जेसिजमा प्रबेश गर्न सक्छन।

नेपाल जेसिजले युबाहरुको ब्यक्तित्व बिकास र नेत्रित्व बिकासमा बिगत देखी नै ठुलो योगदान पुर्याउदै आएको नेपाल जेसिज गोदावरी शाखाका पूर्व अध्यक्ष आनन्द अधिकारीले हिमालपोष्ट सँग बताए। आनन्द अधिकारी यसै महाधिवेसनमा राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष पद्का उमेद्वार पनि हुन।

15491966_1397804053587132_1592390117_o

महाधिवेसनबाट १७ जना पदको लागि चुनाव गरिने छ, जसकालागी ४२ जनाले उमेद्वारी दिएका छन। अध्यक्ष पद मा १ जना को लागि ३ उमेद्वार छन भने कार्यकारीणी उपाध्यक्षमा ४ जना को लागि १६ जना उमेद्वार छन। यसै गरी उपाध्यक्ष पदमा १२ जनाको लागि २५ उमेद्वार छन।

उक्त कार्यक्रमलाई धापासी जेसिजले संयोजन गरेको छ।