बाढी पीडितको उद्धारमा ५ हजार भन्दा बढी जेसिज सदस्यहरू खटिए । - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

बाढी पीडितको उद्धारमा ५ हजार भन्दा बढी जेसिज सदस्यहरू खटिए ।



 

काठमाडौँ ।

अविरल वर्षाका कारण तराईका जिल्ला आएको बाढीबाट पीडितहरुको उद्धार तथा सहयोगमा लाग्न नेपाल जेसिजले आब्हान गरेको छ । १३८ शाखाका ५ हजार भन्द धेरै सदस्यहरू बाढी पीडितको सहयोग तथा उद्दारमामा लागि सकेका छन् भने खाद्यान्न, कपडा, त्रिपाल र पिउने पानीको व्यवस्था गरिरहेका छन् ।

कतिपय स्थानमा खाना पकाएर खुवाइरहेको तथा झापा, मोरङ, सुनसरी, टीकापुर, चितवन, हेटौंडा लगायतको क्षेत्रमा आफ्ना सदस्यहरू उद्धार कार्यमा लागिरहेका छन् ।

केन्द्रीय पदाधिकारीहरुले उद्धारको कार्यलाई प्रभावकारी बनाउन सम्बधित स्थानमै खटिएर कार्य गरिरहेका छन् । बाढी पीडितका लागि सक्दो सयहोग गर्न नेपाल जेसिजले सर्वसाधारणलाई आग्रह गरेको छ ।

नेपाल जेसिजले यसअघि भूकम्प पीडितहरुलाई स्वतस्र्फुत सङ्कलन भएको ३ करोड बराबरको सामानहरू उपलब्ध गराएको थियो ।