६८ बर्षको उमेरमा जयललिता को निधन - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

६८ बर्षको उमेरमा जयललिता को निधन



नयाँँ दिल्ली, २१ मंसिर
तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएको छ । ६८ वर्षीय जयललिता २२ सेप्टेम्बरबाट अपोलो अस्पतालमा भर्ना भएकी थिइन्।
जयललिताको अन्तिम संस्कार आज साँझ मरीना किनामा गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जयललितालाई अन्तिम श्रद्धान्जली दिन चेन्नाई जाने कार्यक्रम छ ।

उनको मृत्यु पूर्व नै समाजिक सञ्जाल र तामिल च्यानलहरुमा मृत्युका समाचार सार्वजनिक भएपछि हंगामा भएको थियो । जसका कारण अस्पताल परिसमा रहेका उनका शुभचिन्तकमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।

जयललिताले १४० फिल्म खेल्नुका साथै आठ पटक विधानसभाका चुनाव लड्ने तथा एक पटक राज्यसभाका लागि मनोनित हुनुका साथै चार पटक तामिलनाडुकी मुख्यमन्त्री बनेकी थिइन् ।