किन आउँदैछन् भारतीय विदेशमन्त्री जयशंकर नेपाल - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

किन आउँदैछन् भारतीय विदेशमन्त्री जयशंकर नेपाल



काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदैछन् । नरेन्द्र मोदी नेतृत्वको सरकारमा महत्वपूर्ण जिम्मेवारी पाएका जयशंकर मन्त्री भएपछि पहिलो पटक नेपाल आउन लागेका हुन् ।

उनी अगष्ट २१ तारिखमा नेपाल आउन लागेका हुन् । दुई दिने भ्रमणका लागि जयशंकर (भदौ ४ र ५ गते) नेपाल आउन लागेका हुन् ।

दुई देशीय हितका विषयमा छलफल गर्न उनी नेपाल आउन लागेका हुन् । नेपाल र भारतबीच परराष्ट्रमन्त्री स्तरीय वार्ता हुँदै आएको छ ।

आलोपालो शैलीमा यो वार्ता हुँदै आएकामा एस जयशंकर नेपाल आउन लागेका हुन् ।

यो वार्तामा नियमित प्रक्रियाका साथै बाढीडुवानको समस्या लगायतका विषयमा पनि समाधानको बाटो निकाल्न सकिने बुझिएको छ ।

जयशंकरको भ्रमणका क्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दको नेपाल भ्रमणका बारेमा पनि कुराकानी हुनेछ । भारतीय राष्ट्रपति निकट भविष्यमै नेपाल आउँदै छन् ।

जयशंकर यसअघि नै नेपाल आउने कार्यक्रम रहेको थियो । तर भारतमा संसद बैठक चलिरहँदा अनिवार्य सहभागीता जनाउनु पर्ने भएकाले नेपाल भ्रमणमा केही समय ढिलाइ हुन गएको भारतीय पक्षले जनाएको छ ।