जावलाखेलमा बमको हल्ला : जनतामा त्रास

काठमाण्डौ – आज विप्लव समुहले आयोजना गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ भने ललितपुरको जावलाखेलमा शंकास्पद बस्तु फेला परेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार मंगलबार बिहान जावलाखेल फुटबल मैदान नजिकै एक होटलको अगाडी भेटिएको प्रेसर कुकर बम नेपाली सेनाले ७ बजे डिस्पोज गरेको छ ।
बम विप्लव समूहले नै राखेकाे प्रहरीकाे दाबी छ ।
तर, स्थानीय व्यापारी दिपक भुसालका अनुसार उक्त झोला कापी र कितावको झोला मात्रै रहेको बताएका छन् ।


