जौमतीको परिवारलाई विद्युत सहकारीको सहयोग - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

जौमतीको परिवारलाई विद्युत सहकारीको सहयोग



कैलाली
कैलालीको घोडाघोडी नगरपालिका ४ सिम्थरी पश्चिमटोलका ३८ बर्षिया जौमती रोकया थला परेपछि उनको ६ महिनाको दुधेबालक सहित ४ सन्तानको विचल्ली भएको खबर सार्वजनिक भएपछी सहयोग उठ्न थालेको छ ।

सहयोगकै क्रममा घोडाघोडी ग्रामिण बिधुत् शहकारी संस्था सुखडले शुक्रबार नगद सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष भिम बहादुर बडुवालले खबर थाहापाउदा वित्तिकै फोन मार्फत शहकारीले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

अध्यक्ष बडुवालले ब्यवस्थापक बिर बहादुर साँउद मार्फत शुक्रबार परिवारलाई हस्तान्तरण गरेका छन् । वडा नं. ४ का वडा अध्यक्ष टेक बहादुर बुढाको रोहवरमा उक्त रकम जौमतीका जेठा छोरा १३ बर्षिय लोकराज रोकयालाई हस्तान्तरण गरिएको हो । क्यान्सर पिडित रोकया ७ महिना देखि उपचारको अभावमा घरमै थला परेकी छन् ।

आर्थिक अवस्था कमजोर रहेको उनको परिवारमा श्रीमानले भारतमा मजदुरी गरी परिवार पाल्दै आएका थिए । गत साउनमा रोजगारीकै क्रममा भारतमा उनको निधन भएपछि घरको आम्दानीको स्रोत पनि बन्द भएको छ ।

३ कट्ठा ऐलानी जग्गा र सानो खरको झुपडी बाहेक सम्पति नरहेको जौमतीका १३,६,४ बर्ष र ६ महिनाका तिन छोरा र एक छोरी रहेका छन् ।