‘जात्रा’ हेरेपछि दंग हरिवंश - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

‘जात्रा’ हेरेपछि दंग हरिवंश



हिमाल पोष्ट/काठमाडौ

काठमाडौ लगायत देशभरका हलमा चलचित्र ‘जात्रा’ रिलिज हुँदै गर्दा हाँस्य कलाकार हरिबंश आचार्य विदेशमा थिए ।

विदेशमा भएकै बेला उनले ‘जात्रा’लाई दर्शकले मन पराएको खबर सुने । हरिवंश भन्छन्,-‘त्यो सुनेपछि म यति खुसी भएँ कि, आफ्नै छोरा सफल भए जस्तै लाग्यो ।’

मह सञ्चारमै १२ वर्ष काम गरेका प्रदिप भट्टराइले निर्देशन गरेका हुन्, ‘जात्रा’ । प्रदिप हरिबंशको छोरा उमेरका छन् ।

प्रदिपको कामको बयान सुनेका हरिबंशलाई आफैंले प्रत्यक्ष हेर्नु थियो । काठमाण्डौ आएलगत्तै हलमै गएर उनले सिनेमा हेरे, त्यो पनि आफैले टिकट काटेर ।

प्राय नेपाली चलचित्र हलमै गएर र आफैंले टिकट काटेर हेर्ने वानी छ उनको ।

जात्रा हेरिसकेपछि हरिवंश भन्छन्,-‘सामान्य विषयमा रोचक चलचित्र बनेको रहेछ । राम्रो चलचित्र बनाउनका लागि धेरै पैसा हैन, राम्रो बिषय खोज्नुपर्छ भन्ने यो चलचित्रले पुष्टी गर्छ ।’ ‘जात्रा’मा काम गर्ने कलाकारको अभिनयबाट प्रभावित हरिबंशलाई लाग्छ, ती कुनै पनि कलाकारले निर्देशकसँग व्यक्तिगत सम्वन्ध भएर अभिनय गर्ने मौका पाएका हैनन् ।

क्षमता भएका कलाकार खोजेर निर्देशकले अभिनय गराएका हुन् भन्ने उनको ठम्याइ छ ।

‘विपिन भाइले प्रदिपलाई चिनेकाले अभिनय गर्न पाएका हैनन्, प्रदिपले उनको क्षमता बुझेर अभिनय गराएका हुन्,’ उनले भने । जतिवेला हरिबंश अभिनयमा प्रवेश गरेका थिए, काम पाउन निकै गार्‍हो थियो । क्षमता भएर मात्रै हुँदैन थियो, मान्छे चिन्नु पथ्र्यो ।

चिनेर मात्रै हुन्नथ्यो, चाकडी पनि गर्नुपथ्र्यो । हरिबंश भन्छन्-‘अहिलेका कलाकारलाई त्यो समस्या छैन । क्षमता भयो भने सजिलै मौका पाउँछन् ।’

‘जात्रा’ हेरेर सबै वर्गका दर्शकले मनोरञ्जन लिन सक्ने धारणा राख्ने हरिबंश यस्तै शैलिका चलचित्रले नेपाली चलचित्र उद्योगको दायरा फराकिलो हुने बताउँछन् ।