माओवादी केन्द्रमा समाहित भयो जसपा लुम्बिनी प्रदेश कमिटी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

माओवादी केन्द्रमा समाहित भयो जसपा लुम्बिनी प्रदेश कमिटी



बुटवल- जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश कमिटी नेकपा (माओवादी केन्द्र) मा समाहित भएको छ ।

सोमबार बुटवलमा दुवै पार्टी कमिटिले संयुक्त कार्यक्रम गररे जसपा लुम्बिनी माओवादीमा समाहित भएको घोषणा गरेका हुन् ।

जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष अतिउल्लाह खाँ, मुख्य सचिव यज्ञ पोखरेल, सचिव लक्ष्मी चौधरी, गीता श्रीवास्तव सचिवालय सदस्यहरू टोपबहादुर कार्की, गीता यादव लगायत १८ जना प्रदेश तथा जिल्ला समितिका नेता कार्यकर्तालाई माओवादी केन्द्र लुम्बिनी प्रदेशका इन्चार्ज चक्रपाणी खनाल (बलदेव) ले स्वागत गरे ।

नेता कार्यकर्तालाई स्वागत गर्दै नेता बलदेवले कम्युनिस्ट पार्टीहरू जुट्दै गए सबैभन्दा ठूलो पार्टी निर्माण गर्न सकिने बताए । माओवादीले पार्टी सदस्य संख्या बढाउँदै गएको उनले बताए । विशाल कम्युनिस्ट पार्टी बनाउन माओवादीले नेतृत्वदायी भूमिका खेलिरहेको उनको भनाइ छ ।

मओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, माओवादी संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्ती (वसन्त), जसपाका अतिउल्लाह खां, यज्ञ पोखरेल लगायतले घारणा राख्दै अब प्रगतिशील विचार बोक्ने पार्टीहरू एकतावद्ध हुनुपर्नेमा जोड दिए ।