जापानमा बैकुण्ठ,प्रकाश र सुनिताले तहल्का मच्चाए ( फोटो फिचर) - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

जापानमा बैकुण्ठ,प्रकाश र सुनिताले तहल्का मच्चाए ( फोटो फिचर)



समिर प्रकाश पाण्डे

हिन्दु नारीहरुको महान पर्व हरितालीका तीजको अवसर पारेर ‘म नेपाली ग्रुप जापान’ ले आयोजना गरेको तिज महोत्सव २०१६ को लागी जापान गएको कलाकारको समुह ले १७ दिनको बसाईमा १२ वटा साँस्कृतीक कार्यक्रम सम्पन्न गरेर स्वदेश फर्केको छ । समुहमा चर्चित सर्जक एवं लोक दोहोरी गायक बैकुण्ठ महत , अर्का चर्चित गायक प्रकाश कटुवाल र चर्चित गायीका सुनिता दुलाल सम्मिलीत थिए । चार वटा कार्यक्रम सम्पन्न गरेर गायीका दुलाल कोरीया गएकी थिईन भने गायक द्वय बैकुण्ठ महत र प्रकाश कटुवाल जापान मै १७ दिन सम्म थप कार्यक्रमको लागी रोकीएका थिए ।received_331290873888962

“विरहले छुने बेलैमा” गीतका गायक महतको यसपटक को तिज गीत ‘पानी जहाज’ अत्याधिक रुचाईएको गीत थियो । प्राय सबै कार्यक्रम मा पानीजहाज गीत गाएर उपस्थीत समुदाय लाई गायक ले छमछमी नचाएका थिए । साउदी अरव,कतार, बहराईन, भारत लगायत देश हरुमा आफ्नो कला प्रस्तुत गरिसकेका गायक बैकुण्ठ यस पटक जापानमा अत्याधिक रुचाईए । उनका ‘विरहले छुने वेलैमा’ ‘मान्छेको जिन्दगानी’ ‘जाउ है मायाँ बटौली गाउँ तिर’ लगायतका दर्दनौं गीत हरु अत्यन्तै चर्चाको शिखरमा रहेका छन ।received_331290870555629-1

कार्यक्रम जापानमा अझै लम्वीने सम्भावना थियो तर लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बीनी अंचल कार्यसमीती का निवर्तमान महासचीव महत प्रतिष्ठानको केन्द्रीय महाअधिवेशन नजिक आउदै गरेको कारण प्रतिष्ठान सम्बद्द अती जरुरी कार्य सम्पादनको लागी जापान बसाई छोट्याएर फर्कीएको बताए । प्रतिष्ठानको ईमान्दार सिपाही भएको कारण कार्यक्रम छोट्याएर बाकी समय अधिवेशनमा खर्च गर्मेगरी फर्केको कुरा पनि गायक महत ले बताए ।

सेनडाई साँझ, तीज महोत्सव २०१६-२ वटा, रुपन्देही, समाज जापान, गुल्मेली समाज जापान, गलकोट समाज जापान, अर्याल समाज जापान, स्यांगजा समाज जापान, तोचिगी साँझ, सोलमारी साँझ -२ वटा र अर्लांगकोट समाज जापान को कार्यक्रम गरी जम्मा १२ वटा साँस्कृतीत कार्यक्रम भब्यताका पुर्वक सम्पन्न भएका थिए ।received_331290880555628

अर्का गायक प्रकाश कटुवालले पनि जापानको कार्यक्रम हरु सबै आशा गरे अनुरुपनै भब्य हुन पुगेको कुरा बताए । ‘ढाडे विरालो’ ‘चोर विरालो पल्क्यो’ लगायत गीत गाएर विगत केही समय देखी चर्चा कमाउन सफल कलाकार प्रकाश कटुवाल र गायक बाकुण्ठ महतको यो पहिलो जापान भ्रमण थियो ।