जापानले माग्यो एक हजार नेपाली: यस्तो छ काम - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

जापानले माग्यो एक हजार नेपाली: यस्तो छ काम



काठमाडौं- जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ।

वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि एक हजार नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो।

यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थोरै संख्यामा मात्र नेपाली उत्तीर्ण भएका थिए।

नेपाल र जापान सरकाबीच केही महिनाअघि भएको ‘सहयोग समझदारी’ (एमओसी)बमोजिम नेपालबाट नर्सिङ केयर गिभरका लागि पुनः परीक्षा गर्न लागिएको हो।