प्रहरीकै अगाडी विप्लव समुहले जन्तीबस जलायो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रहरीकै अगाडी विप्लव समुहले जन्तीबस जलायो



काठमाडौं । कैलालीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले एक जन्तीबसमा आगजनी गरेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान ४ बजे उनीहरुले आगजनी गरेका हुन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख ४४१ नम्बरको जन्तीको बाजा बोकेको बसमा उनीहरुले आगजनी गरेका हुन् । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । ‘‘हामीले स्कर्टिङ गरेर बसलाई ओहोरदोहोर गराइरहेका थियौं । त्यो बसले ‘बिहेको बस हो’ भन्दै प्रहरीलाई छलेर गयो । केहीछिनमै आगलागी भयो,’’ कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिमिल्सेनाले भने ।

आगजनी गर्दा बसमा सवार सबैलाई बसबाट ओर्लिन लगाइएको थियो । एसपी तिमिल्सेनाका अनुसार आगजनीमा संलग्न रहेको आशंकामा विप्लव समूहका तीनजना कार्यकर्ता पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको घोषणा गरेको छ ।

फाइल तस्विर