जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनमा खाद्य सामाग्री वितरण - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनमा खाद्य सामाग्री वितरण



सुखड ,कैलाली  । कैलालीको घोडाघोडी नगरपालिका- २ नयाँ बजार निवासी युवा समाजसेवी सनेश शाहीले दृष्टि फाउण्डेसनलाई आफ्नो जन्म दिनको अबसरमा खाद्य सामाग्री वितरण गरेका छन् ।

उनले साथिहरुको केक काट्ने प्रस्तावलाई अस्वीकार गरी नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउद मार्फत पत्रकारहरुको उपस्थितमा दृष्टि फाउण्डेसन लाई ९० केजी चामल, १५ किलोग्राम दाल र १ पेटी स्याउ दृष्टि फाउण्डेसनकी महासचिव शर्मिला बागचनलाई हस्तान्तरण गरेका हुन ।

शाहीले १७ औं जन्म उत्सव देखी २२ औं जन्म उत्सव सम्म यसरी नै असहाय, अपाङ्गता भएकाहरु, अनाथ, गरिब र दिनदुखी हरुलाई सहयोग गरी जन्म दिन मनाउदै आएको बताए । उनले भने , “जन्म दिनको अबसरमा फजुलको खर्च गर्ने रकम समाजिक कार्यमा खर्च गर्ने उद्देश्यले सो सामाग्री वितरण गरेको हो ।” साथै शाहीले यसरी विभिन्न सामाजिक कार्यहरु गर्दा आफै लाई छुट्टै आनन्द र खुशीको अनुभव हुने भएकाले थुप्रै साथिहरुको केक काटेर जन्मदिन मनाउने प्रस्ताव समेत अस्विकार गरेको बताए ।

सोहि अवसरमा फाउण्डेसनकी महासचिव शर्मिला बागचन, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाह र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउद र सहसचिव श्रवण देउवा, पत्रकार भिम चौधरी लगाएत उपस्थित सम्पुर्णले शाहीलाई जन्म दिनको शुभकामना तथा उज्ज्वल भविष्यको कामना व्यक्त गरेका थिए । दृष्टि फाउण्डेसनमा कैलाली र कंचनपुरका गरि १३ जना मानसिक सन्तुलन गुमाएकाहरु रहेका छन् ।