जन्मदिनको अवसरमा असहायलाई सहयोग - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

जन्मदिनको अवसरमा असहायलाई सहयोग



कैलाली । जिल्लाको लम्कीमा रहेर लामो समय देखि शिक्षण पेशा र मानवीय सेवामा समर्पित रेडक्रसमा आवद्ध भएर सामाजिक सेवा गर्दै आएका रंगप्रसाद तिमिल्सैनाले बिपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुका साथै बेसहाराहरुलाई भोजन सहयोग गरेर आज आफ्नो जन्मदिन मनाएका छन् ।

तिमिल्सैनाले आफ्नो ३८औं जन्मोत्सवका अवसरमा लम्कीचुहा नगरपालिकाका ४ परिवारलाई खाद्यान्न सहयोग गर्नुका साथै बौनियामा रहेको सहारा घरमा रहेका बेसहाराहरुलाई भोजन सहयोग गरेका हुन् ।

विगत चार वर्ष देखि हरेक बर्ष विपन्न तथा गरिब परिवारका विद्यार्थीहरुलाई विद्यालय पोशाक, झोला र स्टेशनरी वितरण गरेर जन्मोत्सव मनाउदै आएका तिमिल्सैनाले यसवर्ष भने विद्यालयहरु बन्द रहेकाले खाद्यान्न तथा भोजन सहयोग गरेर आफ्नो जन्मोत्सव मनाएका हुन् ।

तिमिल्सैनाले यस वर्ष लामो समयदेखि कोरोना भाइरस कोभिड-१९ का कारण भएको लकडाउनले दैनिक हातमुखको जोहो गर्न नसक्ने लम्कीचुहा नगरपालिकाका अति बिपन्न र फरक क्षमता भएका ४ परिवारलाई खाद्यान्न सहयोग गर्नुका साथै बर्दगोरिया गाउँपालिकाको बौनियामा असहायहरुका लागि सहयोगी हातहरु नेपालद्वारा संचालित सहारा घरमा बस्दै आएका ७५ जना बेसहाराहरुलाई भोजन सेवामा सहयोग गरेर अरुभन्दा फरक तरिकाले आफ्नो जन्मोत्सव मनाउन पाउँदा खुशी लागेको बताए । उक्त अवसरमा सहारा घरका लागि एक सय थान सर्जिकल मास्क र हेण्ड सेनिटाइजर समेत सहारा घरका संचालक बलबहादुर बिष्टलाई हस्तान्तरण गरिएको जानकारी दिए ।