जंगेपिलर खोज र धर्मपरिवर्तन रोक ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

जंगेपिलर खोज र धर्मपरिवर्तन रोक !



काठमाडौं : हेलो सरकारमा पछिल्लो एक महिनायता आएकामध्ये संवेदनशील गुनासा सम्बोधन हुन सकेको छैन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हेलो सरकार युनिटका अनुसार कार्यालयमा यो अवधिमा झण्डै एक हजार गुनासा दर्ता भएका छन्।

युनिटका प्रमुख उपसचिव प्रद्युम्न उपाध्यायलका अनुसार गुनासा सम्बोधन गर्न सम्बन्धित मन्त्रालयमा पठाइए पनि गहनतापूर्वक फर्छ्योट गर्ने काम कमैमात्र हुन्छ। अहिले दैनिक सालाखाला ९०० गुनासा आउने गरेका छन्। १२ हजार ३६८ गुनासा सम्बोधन हुन नसकेको शाखाले जनाएको छ।

हेलो सरकारमा पछिल्लो साता नेपाल–भारत सीमा क्षेत्रका सप्तरी, नवलपरासी, कञ्चनपुरलगायत जिल्लाका स्थानीयले सीमा क्षेत्रका जंगे पिलर रातारात हराउन थालेको र नेपाली भूमि भारततिर पार्ने प्रयास भइरहेको गुनासो गरेका छन्। पछिल्लो समय पैसा दिएर, अन्धविश्वास र भ्रम बाँड्दै धर्म प्रचारप्रसार गर्ने क्रम बढेको भन्दै उजुरी बढेका छन्।

यस्तै निजी विद्यालयबाट ठगिएको भन्दै अभिभावकले गुनासो गर्ने गरेका छन्। आवश्यक कारबाही गर्न शिक्षा मन्त्रालयलाई लेखी पठाए पनि सम्बोधन नभएको युनिटका हरिभक्त महताराले बताए।