जंगलमा विप्लवको बैठक: घेराहालेर यसरी पक्राउ परे २९ नेता - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

जंगलमा विप्लवको बैठक: घेराहालेर यसरी पक्राउ परे २९ नेता



दाङ – प्रहरीले दाङबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ नेतालाई पक्राउ गरेको छ।

प्रहरीले बुधबार राति नेकपाको राप्ति ब्यूरोमा सहभागी भएका नेताहरुलाई पक्राउ गरेको हो । प्रहरीले बैठकस्थल घेरा हालेर नियन्त्रणमा लिएका व्यक्तिहरुको नामावली सार्वजनिक गरेको हो ।

दाङको राजपुर गाउँपालिका वडा नम्बर ४ को मुग्रेटाखोला नजिकै विप्लव समूहको बैठक भइरहेको सूचना पाएपछि प्रहरीले बैठकस्थल घेरा हालेर सहभागी नेताहरूलाई पक्राउ गरेको हो ।

बैठकस्थल कब्जा गरेर प्रहरीले विप्लवका दाइसहित २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाइ जिल्ला प्रहरी कार्यालय दाङमा लगिएको छ । प्रहरी औपचारिक रुपमा घटना बारे जानकारी दिएको छैन ।

पक्राउ पर्नेको पूरा विवरण
१) चन्द्रबहादुर चन्द (वीरजङ्ग)–केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज

२) केशवबहादुर बाँठा मगर (सुवास)–राप्ती ब्युरो ईन्चार्ज

३) रामबहादुर थापा (सुन्दर)–राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक

४) सविन पोख्रेल–राप्ती ब्यूरो कार्यालय सचिव

५) यमलाल कटुवाल (विक्रम) जिल्ला ईन्चार्ज

६) प्रदीप वली–जिल्ला सेक्रेटरी

७) बविन केसी (पाटन, जंगली)–युव संगठन नेपाल केन्दीय अध्यक्ष

८) सुनिल पौडेल–वुद्धिजिवी

९) एकराज चौधरी–एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य

१०) धनबहादुर बोहोरा (महान)–एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गापा सेक्रेटरी

११) तिलक पुन–पूर्व जनमुक्ति सेना

१२) सुरज विक–दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष

१३) हितप्रसाद रोका–पार्टी सदस्य

१४) पोष्टमान घर्ती–रोल्पा जिल्ला सदस्य

१५) दलबहादुर खत्री

१६) अमित घर्ती मगर

१७) बालकृष्ण शर्मा

१८) जीत क्षेत्री

१९) रमेश आचार्य

२०) बिष्णु थापा

२१) कुलबहादुर ओली