जनताको स्तर खत्तम ,नेताको स्तर गज्जब :मिश्र - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जनताको स्तर खत्तम ,नेताको स्तर गज्जब :मिश्र



विशाल पाण्डेय / सुखड,कैलाली ।

साझा विवेकशील पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्रले सुदुर पश्चिम् प्रदेशका जनताको स्तर खत्तम र नेताको स्तर गज्जब भएको बताएका छन् । सुदुर पश्चिम् प्रदेश महाअभियान अन्तरगत आज कैलालीको सुखडमा भएको कार्यक्रममा संयोजक मिश्रले सो कुरा बताएका हुन् । सुदुर पश्चिम् प्रदेश नेपालको अविकसित क्षेत्रहरुको रुपमा चिनिएपनी सौर्न्दर्य र प्राकृतिक स्रोत साधनले धेरै नै सम्भावना बोकेको क्षेत्र रहेको उनले बताए । सुदुर पश्चिम् का जिल्लाहरुमा सरकारले खासै विकास नगरेको मिश्रले बताए । उनले भने , विकासको नाममा बाटो बनाइएको छ , त्यै बाटो पनि बर्षदिन नबित्दै खाल्डो पर्छ । ‘

संयोजक मिश्रले विकासको नाममा बढी भ्रष्टाचार हुने हुँदा जुन सुकै पार्टीको भएपनी भ्रष्टाचारको विरुद्धमा आवाज उठाउनु पर्ने बताए । जनताले आफू र आफ्नो पार्टीलाई बिश्वास गरे २० वर्ष भित्र देशमा आमूल परिवर्तन ल्याउने बताउदै संयोजक मिश्रले हरेक ३/३ महिनामा पार्टीको सम्पुर्ण खर्च बिवरण वेवसाईटमा राख्ने नया कामको थालनी गरेको समेत बताए ।

त्यस्तै विवेकशील साझा पार्टीका प्रवक्ता डा. सुर्य राज आचार्यले नेताहरूले सुदुर पश्चिम् प्रदेशलाई ठगिरहेको बताए । उनले सुदुर पश्चिम् प्रदेशमा ठुला आयोजनाहरु रहेपनी राजनीतिक नेताहरुले त्यसलाई अलपत्र पारेको आरोप लगाए । उनले भने , ‘ सुदुर पश्चिममा थुप्रै आयोजनाहरु छन् , तर आयोजनालाई अलपत्र पारेर आफू , आफ्ना कार्यकर्ता र परिवारलाई फाइदा हुने काम मात्र गरेका छन् ।’ अहिलेका पार्टीहरु आलो पालो गरि भ्रष्टाचार गरिरहेका छन् । उनले थपे, सरकारले देशको विकास नभइ भ्रष्टाचार बढी गरेको छ । साथै आचार्यले विवेकशील साझाले भ्रष्टाचार विरुद्ध आम जनतालाई सुसूचित गराउन आफुहरुले यो अभियान थालेको बताए ।

आज कैलालीको टीकापुरबाट सुरु भएको यो महाअभियान १२ गते अछामको बिनायकमा पुगेर समापन हुने छ ।