जनतासँग प्रधानमन्त्री कार्यक्रम किन भयो बन्द ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जनतासँग प्रधानमन्त्री कार्यक्रम किन भयो बन्द ?



काठमाडौं – सातामा एक दिन नेपाल टेलिभिजन र एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन कार्यक्रम जनतासँग प्रधानमन्त्री को प्रसारण बन्द भएको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सञ्चालक मनोज पाण्डेले कार्यक्रम बन्द भएको जानकारी दिए । कथा नेपाल नामक संस्थाले उत्पादन र प्रसारण गर्दै आएको कार्यक्रम गत वर्ष १ साउनबाटै सुरु भएको थियो । पाण्डेले कार्यक्रम ५० अंकसम्म निरन्तर प्रसारण भएको जानकारी दिए ।

केही समयअघि उक्त कार्यक्रमबारे नकारात्मक समाचार आएको थियो । खास गरी सरकारी च्यालनमा प्रसारित प्रधानमन्त्री सहभागी कार्यक्रममा विज्ञापन र डकुमेन्ट्रीका नाममा रकम उठाइएको भन्दै आलोचना गरिएको थियो । पाण्डेले मापदण्ड र विधि पूरा गरेर विभिन्न संस्था र औद्योगिक प्रतिष्ठानसँग विज्ञापन लिइएको स्वीकार गरे । तर, सरकारको एक रुपैयाँ पनि कार्यक्रममा खर्च नगरिएको प्रष्ट्याए ।